s
नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको दिल्ली घर भइ हाल काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
भिभि इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिसा दिलाएर पाण्डेले ६५ लाख ७० हजार ६०० रुपैयाँ ठगेको भन्दै प्रालिका संचालक दावा शेर्पाले उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा अपराध महाशाखाले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।उक्त रकम भिसा प्रकृया र सेक्युरिटी डिपोजिटका लागि भन्दै पटक पटक असुलेको दावाको दावी छ ।
Published on: 22 July 2019 | Onlinekhabar
GET IN TOUCH