मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको
न्यू स्ट्रेट टाइम्सले जनाएको छ । मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ । यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् ।
मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।
Published on: 24 October 2017 | OnlineKhabar
GET IN TOUCH