s

लेबनानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गराउन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौँ — नेपाल ट्रेड युनियन कांग्रेसले लेबनानबाट नेपाली नागरिकहरुलाई देश फर्काउन पहल नगरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

लेबनानमा आप्रवासी श्रमिकका रुपमा कार्यरत हजारौं नेपालीहरुलाई गम्भीर संकट सिर्जना नहुँदै तत्काल स्वदेश फर्काउनका लागि आवश्यक पहल गर्न नेपाल सरकार समक्ष महासंघले अपिल गरेको छ ।

साथै, इजरायलको इरान, प्यालेस्टाइनसँग विद्यमान द्वन्द्वरत अवस्थामा समेत नेपाल सरकारबाट इजरायलमा पछिल्लो समय दुई हजार नेपाली कामदार पठाउने निर्णय अपरिपक्व एवं अमानवीय रहेको समेत महासंघको ठहर छ ।

तसर्थ, लेबनानमा कार्यरत नेपालीहरुलाई सुरक्षित उद्धार र द्वन्द्वरत इजरायलमा तत्काल नेपाली कामदार पठाउने कार्य रोक्न नेपाल सरकार समक्ष नेपाल ट्रेड युनियन काँग्रेस माग पनि राखेको छ ।

Published on: 6 August 2024 | Kantipur

Link

Back to list

;