s

लेबनानमा रहेका नेपालीको हित सुनिश्चित गर्नेतर्फ सरकार सचेत छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ — परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

इजरायल र हिजबुल्लाहबीच बढ्दो तनावले लेबनानमा विकसित पछिल्लो घटनाक्रमको बिषयमा मन्त्रालयले नेपाली नगारिक सुरक्षित रहेको जनाएको हो ।

‘तत्काल थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उहाँहरुका आफन्तले कायरोस्थित नेपाली दुतावास तथा परराष्ट्र मन्त्रालयमा जुनसुकै समयमा सर्म्पक गर्न सकिनेछ,’ सोमबार जारी बिज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रले लेबनानमा रहेका नेपाली नागरिक र उनका आफन्तले सर्म्पक गर्ने ब्यक्ति तोकेको छ । जसमा कायरोस्थित नेपाली दुतावासका द्वितीय सचिव दीपक घिमिरे (००२०१०९७७७२३४८) र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाल (९७७९८४९१७९५२०) रहेका छन् ।

Published on: 6 August 2024 | Kantipur

Link

Back to list

;