s
होम कार्की
काठमाडौँ — कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ ।
कुवेतका स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक रिपोर्टअनुसार क्वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारलाई देखिएको छ ।
हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ जनालाई पोजिटिभ देखिएको छ ।
Published on: 22 April 2020 | Kantipur
GET IN TOUCH