s

कुनै शुल्क नलिई २७ सय युवा मलेसिया पठाएको आकर्षण म्यानपावरको दाबी

भर्खंरै सकिएको आर्थिक वर्ष २०८०–८१ मा एक रूपैयाँ पनि शुल्क नलिई मलेसिया रोजगारीका लागि दुई हजार सात सय ६ जना युवा पठाएको दाबी आकर्षण इन्टरनेसनल म्यानपावरले गरेको छ।

गत वर्ष दुई हजार चार सय ७७ पुरूष र दुई सय २९ महिलालाई शून्य लागतमा मलेसिया रोजगारीमा पठाएको दाबी म्यानपावरले गरेको हो।

म्यानपावरका अध्यक्ष विष्णुबहादुर केसीले श्रमिकलाई कुनै पनि खर्च नलाग्ने गरी न्यायोचित भर्ना प्रणालीअनुसार पठाउन पाउँदा खुसी लागेको बताए।

श्रमिक वैदेशिक रोजगारीमा जाँदा निःशुल्क र पारदर्शी तरिकाले जान पाउनुपर्छ भन्ने आकर्षण म्यानपावरको मान्यता भएको पनि उनको भनाइ छ।

'शून्य लागतमा श्रमिकहरू वैदेशिक रोजगारीमा जाँदा श्रमिकको घरपरिवारमा आर्थिक भार पर्दैन। राज्यको ढुकुटीमा समेत उल्लेख्य टेवा पुगेको छ,' उनले भने।

वैदेशिक रोजगारीमा शून्य लागतमा श्रमिक पठाउने म्यानपावर तथा न्यायोचित भर्ना प्रक्रियाको प्रयासमा लागेका संस्थालाई सरकारले हौसला प्रदान गर्नुपर्ने आवश्यकता म्यानपावरले औंल्याएको छ।

त्यस्तै, सरकारले दक्षता अभिवृद्धिमा समेत सहयोग पुर्‍याउनुपर्ने म्यानपावरको भनाइ छ।

Published on: 17 July 2024 | Setopati

Link

Back to list

;