रोजगारीका लागि दक्षिण कोरिया रहेका एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन ।
चार ४ वर्षअघि यहाँ आएका पन्चमुल गाविस(३ स्याङजाका २४ वर्षीय गणेशराज चापागाईँ कम्पनी नजिकै रुखको हाँगामा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनको मृत शरीर बुधवार मध्यरातमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
खोन्याङस्थित अटोमोबाइल कम्पनीमा कार्यरत चापागाईँ बुधबार दिउँसोबाट हराएका थिए । उनको कम्पनीका एक नेपालीले दिएको जानकारी अनुसार चापागाईँ बुधबार मध्यान्ह १२ बजे अन्य साथीलाई जानकारी नदिई बाहिर निस्केका थिए ।
उनले छोटो सुसाइड नोट पनि लेखेर छोडेका छन् । मृतकका सहकर्मी पेलाकोट स्याङ्गजाका रमेश अधिकारीका अनुसार सुसाइड नोटमा साथीहरुसँग माफी माग्दै आफ्नो खातामा रहेको रकम भूकम्पपीडित र अपांगलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।
स्थानीय सुनछाङ प्रहरीले सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्राराम्भीक जानकारी गराएको छ । उक्त कम्पनीमा अन्य १२ नेपाली कामदारहरु कार्यरत छन् । अबिबाहित चापागाईँ केही महिनाअघि बिदामा घर गएर फर्केका थिए ।
उनको परिवारमा आमा बुबा तिन दिदि बहिनि र एक भाइ रहेका छन् । नेपाली राजदूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाको विवरण परराष्ट्र मन्त्रालयमा बिहीबारै पठाइसकिएको जनाउँदै घटनास्थलमा शुक्रबार जाने बताए ।
Published on: 19 February 2016 | Annapurna Post
GET IN TOUCH