s

खाडीमा ३ को मृत्यु

वैदेशिक रोजगारीमा खाडी मुलुकहरू पुगेका ३ स्थानीय युवाको मृत्यु भएको छ । एक वर्षअघि कतार पुगेका बतासे ३ का ३० वर्षीय  कविन राईको कतार रैयानस्थित आफ्नै कोठामा हृदयाघात भई मृत्यु भएको हो ।

सुतेकै अवस्थामा ज्यान गएका राईको शवलाई अहिले कतारको हमादस्थित अस्पतालमा राखिएको सँगै बस्दै आएका चन्द्रशेर राईले कतारबाट जनाएका छन् । राई काठमाडौं चक्रपथस्थित वैदेशिक म्यानपावर कम्पनीबाट कतार पुगेका थिए । राईको शव परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याउने र उनी कार्यरत कतारको कम्पनीबाट बिमा शुल्क लिने पहल भइरहेको भतिजा विनोदले बताए । निम्न आर्थिकस्तर भएका राईका श्रीमती र दुई छोरी छन् । 

त्यस्तै साउदी पुगेका सप्तेश्वर ७ का २५ वर्षीय जीवन राई जेठ १६ गते कोठामै मृत फेला परेका छन् । खार्मी ९ का ४२ वर्षीय रामनाथ राईको पनि वैशाख २७ गते साउदीमै मृत्यु भएको छ । उनको आफ्नै कम्पनीको गाडीले ठक्कर दिँदा मृत्यु भएको छोरीज्वाइँ रमेश राईले बताए । तीनै जनाका आफन्तले शव पर्खिरहेका छन् ।

Published on: 23 June 2012 | Kantipur

Back to list

;