s

करिडोरका मजदुर फेरि आन्दोलित

Hom Karki

नेपाल स्वास्थ्य व्यवसायी महासंघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा गुणस्तर बढाउन आधुनिक प्रविधिसहितका पाँच वटा मेडिकल सेन्टर सुरु गरेको छ ।

स्वदेशमा स्वास्थ्य परीक्षणमा सफल भएका कामदार विदेशमा असफल भएर फर्किने प्रवृत्ति बढेपछि त्यसलाई सुधार गर्न महासंघले ११ करोड लगानी गरी ती सेन्टर सञ्चालनमा ल्याएको हो । 'कामदारको स्वास्थ्य परीक्षणका लागि गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न कदम चालेका हौं,' महा संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, 'कोटेश्वर, रातोपुल, चप्पल कारखाना,  सामाखुसी र कंलकीमा सेन्टर स्थापना गरिएको छ ।' सरकारबाट सूचीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गरेर विदेशमा असफल भई ९ सय कामदार फिर्ता भएका छन् । उनीहरूलाई महासंघले ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिएको जनाएको छ ।

महासंघमा विदेश जाने कामदारको स्वस्थ्य परीक्षण गर्न अनुमति पाएका १ सय ७९ स्वास्थ्य संस्था आबद्ध छन् । कामदाहरू सबैभन्दा बढी छातीमा कालो दाग देखा परेर फिर्ता हुनुपरेको छ । कतार र मलेसियामा यो समस्या बढी देखापरेको छ । दुवै देशले टिबी भन्दै फर्काउने गरेका छन् ।

'प्रविधिमा थप सुधार गरी कामदारले दुःख नपाउन् भन्नेमा बढी ध्यान दिएका हौं,' उनले भने, 'पुराना कमजोरी सुधार गर्दै छौं ।' उनले कालो दाग देखाउने आधुनिक एक्सरे मेसिन ल्याएको बताए ।  महासंघले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा हटाउन सामूहिक लगानीमा केयर सेन्टर सञ्चालनमा ल्याइएको हो । 'सबै सदस्यको लगानीमा स्वास्थ्य केन्द्रको संख्याभन्दा गुणस्तर बढाउन थालेका छौं,' उनले भने ।

Published on: 18 May 2011 | Kantipur

Back to list

;