s
पुस महिनामा वैदेशिक रोजगारीका लागि ६५ हजार चार सयभन्दा धेरै युवाहरूले श्रम स्वीकृति लिएका छन्। उनीहरू नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा पुगेका हुन्।
पछिल्लो तथ्यांकअनुसार युवाहरूको रोजाइमा मलेसिया परेको छ। मलेसियाका लागि २० हजार तीन सयभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्।
त्यसपछि कतारका लागि १३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। साउदीका लागि ११ हजार युएईका लागि ९ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्।
पुसमा नेपालीहरूले बहराइन, ओमन, जापान, दक्षिण कोरिया, इजिप्ट रोमानिया, टर्की लगायत १२० मुलुकका लागि लागि श्रम स्वीकृति लिएका छन्।
Published on: 20 January 2023 | Setopati
GET IN TOUCH