s
होम कार्की
काठमाडौँ — बंगलादेशबाट जेठ ३२ गते दुई सय ६५ जना नेपाली आउने टुंगो लागेको छ । पहिलो उडानमा नेपाल आउने यात्रुको नामवाली तय भएको छ । जसमा अधिकांस मेडिकल विद्यार्थी र नेपाली सेना रहेका छन् ।
ढाकास्थित नेपाली दूतावासका अनुसार पहिलो उडानको लागि छनोट गरिएको नेपालीलाई कोभिड-१९को स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ । ‘जेठ ३२ गते बंगलादेशबाट नेपाल एयरलाइन्सबाट नेपाली पठाउने निश्चित भएको हो,’ दूतावासका उपप्रमुख धनबहादुर ओलीले कान्तिपुरलाई भने ।
नेपाल आउनको लागि १९ हजार ९ सय ५८ रुपैयाँ तोकिएको छ । यात्रुले नेपालमै टिकट खरिद गर्नुपर्नेछ ।
बंगलादेशबाट नेपाल फिर्नको लागि ८६० जनाले आवेदन दिएका छन् । दूतावासले दोस्रो उडानको लागि पनि सूची बनाइसकेको छ ।
Published on: 8 June 2020 | Kantipur
GET IN TOUCH