s

इसराइलले फेरि माग्यो केयरगिभर, कस्ता व्यक्ति जान पाउँछन्?

वैदेशिक रोजगार विभागले इसराइलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ।

विभागले एक सूचना प्रकाशित गर्दै ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो।

विभागका अनुसार इसराइल केयरगिभरमा जानका लागि विभिन्न योग्यता तोकिएको छ।

केयरगिभरमा जान चाहानेको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ। उचाई कम्तीमा पनि १.५ मिटर हुनुपर्नेछ। तौल ४५ किलोग्राम तोकिएको छ।

त्यस्तै, १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी १५ महिनाको अध्ययन पूरा गरेको अथवा प्लसटु वा सो सरहको अध्ययन पूरा गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ।

केयरगिभरका लागि अंग्रेजी भाषा पनि अनिवार्य गरिएको छ। अंग्रेजी ब्रिटिस काउन्सिलबाट लिइएको फाउण्डेसन इंग्लिस टेष्ट (फेइटी) को कम्तिमा ए२ लेभलको प्रमाणपत्र पेस गर्नुपर्ने उल्लेख छ।

८०० जनामध्ये सुरूमा ५०० जना गइसकेपछि इसराइलको मागको आधारमा थप ३०० जनालाई पठाउन सकिने विभागले जनाएको छ।

Published on: 26 June 2024 | Setopati

Link

Back to list

;