कमल पन्थी
मानव तस्करले भारतको दिल्ली हुँदै कुवेत पुर्याउन लैजाँदै गरेको अवस्थामा प्रहरीले बुधबार दुई महिलालाई उद्दार गरेको छ । मानव तस्करीको आरोपमा एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बर्दिया मधुवन नपा—३ धनौरा नेपाल भारत सीमा क्षेत्रमा साना हात नाम गरेको गैर सरकारी संस्थाको सहयोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा मधुवन—५ गाउँ नम्बर ८ कि ५८ वर्षीया भद्रा कुमारी पाण्डेलाई पक्राउ गरिएको बताए ।
ठाकुरबाबा नपाकी दुई महिलालाई उद्दार गरी सेवा केन्द्रमा राखिएको छ । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब २५ किमी पश्चिम दक्षिणमा पर्छ । उक्त सीमावर्ती क्षेत्र भारतीय घनाजंगल रहेको छ ।
Published on: 25 January 2018 | Kantipur
GET IN TOUCH