s

दिनहुँ विदेशबाट तीन जना नेपालीको शव आउँछ

कामका लागि विदेशिनेको संख्या दिनमै हजार-
हाल नेपालबाट श्रम स्वीकृत लिएर दिनको लगभग एक हजार वैदेशिक रोजगारीका लागि विदेशिने गरेको र कामका लागि विदेश जाने नेपालीमध्ये दैनिक दुईदेखि तीनजनाको शव नेपाल आउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वातावरण तथा राष्ट्रिय वातावरण समाजद्वारा आज यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्याप्त दक्षताको अभावका कारण विभिन्न दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको तथ्याङ्क प्रस्तुत गरियो।

करिब अढाई वर्षमा सोको कारण ६६४ जनाको मृत्यु भएको छ।

सोमध्ये सबैभन्दा बढी सडक दुर्घटना, हावापानी परिवर्तनका कारण एसी प्रयोग गर्दाको मानसिक अवस्था र मेसिनको काम गर्दा नेपाली श्रमिकले ज्यान गुमाउने गरेका छन्।
बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाले तालिम नदिने र नलिने समस्याले दुर्घटना हुने गरेको भन्दै यसका लागि रोजगारीमा पठाउने र जाने दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
स्पस्ट कानुन तथा नियमको व्यवस्था नभएका कारण धेरै मानिसको विचल्ली भइरहेको समेत जनाइएको छ।

कार्यक्रममा स्पस्ट कानुन तथा नियमको अभावका कारण वैदेशिक रोजगारीमा जाने लागत खर्चभन्दा धेरै गुणा बढी रकम असुल्ने, नक्कली भिसा देखाएर विमानस्थलसम्म पुर्याउने, पैसा ठगी गर्ने, तोकेअनुसारको पारिश्रमिक नदिने घटनासमेतमा वृद्धि भएको बताइयो। रासस

Published on: 9 May 2011 | Nagarik

Back to list

;