s
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले धेरै युवा विदेश पठाउने मन्त्री सफल नहुने बताएका छन्।बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादवले युवा शक्तिलाई नेपालमै रोजगारी सृजना गर्ने र विदेश जान रोक्ने बताए।
‘अहिलेसम्म धेरै कर जम्मा गर्ने अर्थमन्त्री र धेरै विदेश पठाउने श्रम मन्त्री सफल भन्ने मान्यता छ,’ मन्त्री यादवले भने, ‘अब त्यो मान्यता फेर्नुपर्छ। मेरो सोच युवालाई स्वदेशमै रोक्ने र विदेश जानेलाई तालिम दिएर मात्रै पठाउने छ, यो मेरो प्रतिवद्धता हो।’
उनले नेपालको श्रम सबैभन्दा ठूलो सम्पती भएको बताए । सुखी नेपाली र समृद्ध नेपालको सपना युवाशक्ति विना पूरा नहुने भन्दै उनले त्यसको व्यवस्थापनमा आफू लाग्ने प्रतिवद्धता जनाए।
उनले वैदेशिक रोजगारीमा रहेको व्यथिति र विसंगती समाप्त गर्ने र विदेश जाँदा नेपालीले गौरव गर्नसक्ने वातावरण बनाउने दाबी गरे।वैदेशिक रोजगारीमा भ्रष्टाचारलाई पूर्णरूपले बन्द गरिने उनको प्रतिवद्धता छ।
Published on: 22 November 2019 | Setopati
GET IN TOUCH