s
नारायण शर्मा
नवलपरासी — भारतबाट हिँडेर शुक्रबार दशगजा आइपुगेका १६ नेपाली मजदुरलाई सशस्त्र प्रहरीले समातेर उतै फर्काइदिएको छ । सशस्त्रले उनीहरूलाई सीमापारि झुलनीपुरमा भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ ।
भारतीय सिमानासँग जोडिएको पाल्हीनन्दनस्थित सशस्त्र प्रहरीको अस्थायी सीमा सुरक्षाबल पोस्ट
सशस्त्रका डीएसपी क्षितिज क्षेत्रीका अनुसार मुम्बई र गुजरातमा मजदुरी गरेर फर्किएका ती नेपाली झुलनीपुरआसपासबाट नेपाल छिर्न खोज्दै थिए । सबैलाई भारतको निच्लौलस्थित क्वारेन्टाइनमा राखिने भएको छ ।
भारतसँग सीमा जोडिएको नवलपरासीका ४० स्थानमा सशस्त्रले दशगजानजिक अस्थायी सुरक्षापोस्ट राखेको छ । प्रहरीहरू त्यहाँ त्रिपाल टाँगेर बसेका छन् । ती पोस्टमा शौचालय र पानीको व्यवस्थासमेत छैन ।
Published on: 9 May 2020 | Kantipur
GET IN TOUCH