s
कोरोनाको संक्रमणबाट विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तथ्यांकअनुसार गत शनिबारसम्म बेलायतमा आठ, अमेरिकामा पाँच र युएईमा एकजनाको मृत्यु भएको छ ।
त्यस्तै, ६ सय ६५ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाबाट प्राप्त जानकारीअनुसार एनआरएनएले सो तथ्यांक तयार पारेको हो ।
अमेरिकामा पाँच सयभन्दा बढी नेपाली संक्रमित भएका छन् । बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्चुगलमा आठ, अस्ट्रेलियामा नाै, साउदी अरबमा चार, कुवेतमा पाँच, जापान, मलेसियामा, म्यानमार र हङकङमा एक–एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
Published on: 15 April 2020 | Nayapatrika
GET IN TOUCH