s
नवदिप अजनवी
नुवाकोटमा छोरी बेचेको आरोपमा प्रहरीले बाबुसहित तीन जनालाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका, ६ समुद्रटारकी १५ वर्षीय बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले गत पुस २२ गते बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको मगरले जानकारी दिए । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
Published On: 22 January 2019 | Naya patrika
GET IN TOUCH