s

विदेश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठग्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका ३२ वर्षीय बुद्ध लामा र काठमाडौं टोखाका ४३ वर्षीय मानबहादुर चौधरी छन् । प्रहरीले लामालाई काभ्रेको धुलिखेलबाट र लामालाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको जनाएको छ ।

आकर्षक तलबको प्रलोभन देखाएर उनीहरुले युवायुवतीहरुलाई न्युजिल्यान्ड, उज्वेकिस्तानसहितका देशमा पठाउने बताउँदै रकम असुलेका थिए । लामाले ७ जनाबाट १० लाख र चौधरीले ६ जनाबाट १२ लाख ५० हजार रुपैयाँ संकलन गरेको प्रहरीको दाबी छ ।

थप अनुसन्धानका लागि दुवै जनालाई ताहाचलमा रहेको वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

Published on: 4 September 2024 | Nagarik

Link

Back to list

;