चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीय स्थानेश्वर भुसालको उद्धारका लागि आवश्यक एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) परराष्ट्र मन्त्रालयलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।
भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार रुपैयाँ गरी ४० लाख ९८ हजार रुपैयाँ उठाएर परराष्ट्र सचिव शंकरदास बैरागीलाई हस्तान्तरण गरेका हुन् । मध्यविन्दु–४, नवलपरासीका भुसाल ब्लडमनीको रकम तिर्न नसक्दा फेब्रुअरी २०१४ देखि जेलमा छन्। परराष्ट्र सचिव बैरागीले प्राप्त रकम तुरुन्तै साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयमा पठाइने बताए ।
Published on: 20 January 2018 | Kantipur
GET IN TOUCH