s

भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवालाई रोजगारी दिने, तलब हप्तामै

काठमाडौं : भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवाहरूलाई रोजगारी दिने भएको छ। देशमै युवाहरूलाई रोजगारी दिने उद्देश्यले भाटभटेनी सुपर मार्केटले थप दुई हजार युवाहरूलाई रोजगारी दिने निर्णय गरेको हो। हाल भाटभटेनीमा ६ हजार बढी युवायुवतीहरू राजगारी गरिरहेका छन्।

यो अवसरसँगै युवाहरूले काठमाडौंसहित देशभर रहेका भाटभटेनी सुपर मार्केटका शाखाहरूमा काम गर्ने मौका पाउनेछन्। हाल भाटभटेनी सुपरमा काम गर्नेहरूले ८ घण्टा काम गरेर महिनामा तलब बुझ्दै आएका छन् ।
तर, नयाँ योजनाअनुसार रोजगारदाताहरूले हरेक हप्ताको अन्त्यमा नै सो हप्ताको पारश्रमिक पाउनेछन्।

रोजगारी २१ वर्षभन्दा कम उमेर पुगेका वा कुनै कलेजमा अध्ययन गरिहेका युवायुवतीहरूले मात्र पाउनेछन्। उनीहरूले दिनमा ४ घण्टा र हप्तामा पाँच दिन काम गर्नु पर्नेछ। युवाहरू देशमा रोजगारी नपाएर विदेश पलायन हुन थालेपछि उनीहरूलाई रोक्न यस्तो योजना ल्याएको भाटभटेनी सुपर मार्केट व्यवस्थापन जनाएको छ।

Published on: 1 July 2024 | Annapurna Post

Link

Back to list

;