s

भारतबाट ६ बालकको उद्धार

नेपालबाट अवैध रूपमा भारतमा काम गर्न ल्याइएका ६ बालकहरू उद्धार गरिएपछि बुधबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा । जालन्धर बस्दै आएका नेपाली युवा गंगाधर सापकोटासहित नेपाली जनसम्पर्क समितिले अमृतसर र पञ्जाबबाट उनीहरूलाई उद्धार गरेको हो । रौतहटस्थित धरहरी गाविसका ९ देखि १२ वर्षका यी बालकलाई सोही गाविसका देवेन्द्र मण्डलले नरिवल बेच्ने काममा लगाउन तीन महिनाअघि अमृतसर ल्याएको सापकोटाले बताए । बालकहरूलाई अवैध रूपमा काम गराइएको उजुरी परेपछि अमृतसर प्रहरीले मण्डललाई हिरासतमा लिएको छ । समितिका अनुसार ती बालकका परिवारलाई मासिक दुई हजार नेपाली रुपैयाँ दिने भन्दै उनीहरूलाई भारत ल्याइएको थियो । बालकहरूले भने सुरुमा आफूहरूलाई घुमाउन भनेर ल्याइएको र पछि नरिवल बेच्न लगाइएको बताए । उनीहरूलाई माइती इन्डियाको सहयोगमा घर पठाइएको छ ।

Published on: 9 June 2011 | Kantipur

Back to list

;