s

बंगलादेशमा ४०० विद्यार्थीसहित बाँकी सम्पूर्ण नेपाली सुरक्षित : ढाकास्थित नेपाली दूतावास

काठमाडौँ — बंगलादेशमा रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासद्वारा सोमबार जारी विज्ञप्तिअनुसार बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र बाँकी रहेका करिब ४०० सहति सम्पूर्ण नेपाली सुरक्षित रहेको उल्लेख छ ।

बंगलादेशमा करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेकोमा यसअघि नै हवाई र सडक मार्ग हुँदै नेपाल आइसकेका छन् । यस्तै, बंगलादेशमा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा पनि करिब एक सय ५० नेपाली कर्मचारी कार्यरत छन् ।

साथै, दूतावासले नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न पनि जानकारी गराएको छ ।

दूतावासले बंगलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बंगलादेश सरकारबाट हाल अनिनिश्चतकालीन कर्फ्यु आदेश आएको कारणले सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको हो ।

Published on: 6 August 2024 | Kantipur

Link

Back to list

;