s

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कडाइ गर्न कार्यदल गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन समिति बनाएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार रिपोर्ट बनाउन डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा १६ जना चिकित्सकहरू सहितको कार्यदल गठन गरेको हो।

उक्त कार्यदलले श्रमिकको समग्र स्वास्थ्यसम्बन्धी सूचनालाई डिजिटलाइजेसन गर्ने र ट्र्याकिङ गर्ने विषयमा अध्ययन गर्ने र सुझाव पेस गर्ने उल्लेख गरिएको छ।

एक महिनाभित्र सुझाव पेस गर्ने गरी कार्यदल गठन गरिने मन्त्रालयले जनाएको छ।

Published on: 4 September 2024 | Setopati

Link

Back to list

;