s
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाडौंबाट आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको साविक सेर्तुङ गाविस वडा नम्बर-५ घर भई हाल काठमाडौंको तारकेश्वर-६ बस्ने ४५ वर्षीय चल बहादुर घले रहेका छन् ।
वैदेशिक रोजगारी ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको ०६९ साल पुस २४ गतेको फैसलाले घलेलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरीवाना सुनाएको थियो ।
घलेलाई नेपालटारबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत मार्फत सुन्धारा कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
घलेले ०६८ साल जेष्ठ १३ गते वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडित पक्षसँग ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन अवस्थामा बसेका थिए ।
GET IN TOUCH