s

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका- ५ टिकाथलीका ४५ वर्षीय सन्तोष महर्जन रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टिकाथलीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पाटन ललितपुर पठाइएको कार्यालयले जनाएको छ।

महर्जनलाई १ वर्ष ४ महिना २० दिन कैद र १ लाख ५० हजार जरिवाना भराउने भनेर २०६८ बैशाख ९ गते काठमाडौं जिल्ला अदालतबाट फैसला भएको थियो।

Published on: 20 June 2024 | Annapurna Post

Link

Back to list

;