s
नेपाली कामदारको प्रमुख गन्तव्यमध्येकाे खाडी मुलुक बहराइनमा थप १० जना नेपालीमा काेराेना भाइरसकाे संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली राजदूतावासले बुधबार सूचना जारी गर्दै थप १० जनामा संक्रमण देखिएको पुष्टि गरेकाे छ । योसँगै बुधबारसम्म बहराइनमा कोरोनाबाट संक्रमण हुने नेपाली संख्या २२ पुगेको छ ।
बहराइनको सल्माबादस्थित क्यापमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएपश्चात सोही ठाउँमा कार्यरत नेपाली कामदारसँगै चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
राजदूतावासका अनुसार गत ३० मार्चमा पहिलोपटक तीन जना नेपाली नागरिकमा संक्रमण देखिएको थियो । बहराइनमा तीन सयभन्दाबढीमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ ।
बहराइन सरकारले लेबर मार्केट रेगुलेटरी अथोरिटीद्वारा ७ अप्रिलबाट अवैधानिक रुपमा कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्मकाे मिति तोकेको छ ।
Published on: 9 April 2020 | Nayapatrika
GET IN TOUCH