s
होम कार्की
काठमाडौँ — बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामास्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए ।
‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कान्तिपुरलाई भने, ‘कोरोना संक्रमितको जोखिममा रहेका धेरै नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।’
उनका अनुसार ७९ जना नेपाली महिलालाई कम्पनीको क्याम्पमा नै १० दिनदेखि निगरानीमा राखिएको छ । ‘उहाँहरुले तलब नआएको बताएपछि हामीले खानाको प्रबन्ध गरिदिएका छौं’, उनले भने ।
कोरोना संक्रमित व्यक्ति केही क्याम्पमा फेला परेपछि बहाराइनले धेरै क्याम्पबाट कामदारलाई हटाइएको छ । बहराइनमा संक्रमितमध्ये १९ सय ५० जनाको उपचार भइरहेको छ । १७ सय ६२ जना निको भइसकेको छ ।
Published on: 6 May 2020 | Kantipur
GET IN TOUCH