s

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैङ्कसँग आग्रह

काठमाडौँ, साउन १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ ।

श्रम मन्त्रालयमा आज विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उहाँले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराउनुभयो । भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताउनुभयो ।

निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैङ्क सदैव तयार रहेको बताउनुभयो । सो क्रममा उहाँहरूबिच आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दिगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । रासस

Published on: 2 August 2024 | Gorkhapatra

Link

Back to list

;