s

५८४ म्यानपावर कम्पनीको कारोबार रोक्का

काठमाडौँ — वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले सोमबार ती कम्पनीहरुले कानूनविपरीत कार्य गरेको भन्दै तत्काल कुनै पनि काराेबार गर्न नपाउने गरी कारबाही गरेको जनाएको छ ।

विभागद्वारा जारी सुचना अनुसार म्यानपावरको कारोवार रोक्का गरेको हो । म्यानपावरको कारोबार फुकुवा नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन् । बिभागले वैदेशिक रोजगारमा पठाउने श्रमिकसँग रकम बढी लिएको, अलपत्र परेका श्रमिकलाई उद्धार नगरेको, पीडितलाई रकम फिर्ता नगरेको भन्दै कारोवार रोक्का गरेको हो ।

Published on: 9 July 2024 | Kantipur

Link

Back to list

;