s

सामाजिक सुरक्षा योजनामा सुधार आवश्यक छ: चन्द्र ढकाल

Year of Publication: 5 December 2019 | Setopati

Published by: CESLAM

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने बताएका छन्।

राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए।

‘श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आईपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठेरोहरु पनि हामीले भोगेकोले आगामी दिनहरुलाई सहज बनाउँदै लैजानुपर्छ,’उनले भने ‘श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ हामी संगै अघि वढन तयार छौ,।’

ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरु लागि परेको पनि दावी गरे।

‘परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढी भन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौ । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौ,’ उनले भने।

हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको औद्योगिक क्षेत्रले महसुश गरेको ढकालले दावी गरे।

औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध वलियो र दिगो वनाउन सकिने उनले बताए।

ढकालले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको बताए।

Published on: 5 December 2019 | Setopati

Link

Back to list

;