s

आईएमईको मोबाइल एप सेवा सुरु

Year of Publication: December 2014 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

आईएमई लिमिटेडले  नेपालमा रेमिट्यान्स क्षेत्रमै  आधुनिक प्रयोगका रुपमा  मोबाइल एप्‍स सेवा सुरु गरेको छ।  सूचना प्रविधि क्षेत्रमा आम नेपालीको  बढ्‍दै गएको  आकर्षण, प्रयोग तथा सरल र छिटो छरितो सेवा पाउने यथार्थतालाई मध्‍यनजर गर्दै  यो सेवाको सुरुवात गरिएको हो। 

अब हरेक स्मार्टफोनमा आईएमईको मोबाइल एप्‍स डाउनलोड  गरेर सेवाग्राहीले आईएमईका विभिन्‍न सेवा, नजिकको एजेन्‍ट लोकेशन, आफ्‍नो ट्रान्‍जेक्‍सनको  पछिल्‍लो स्थिति तथा आईएमईका विभिन्‍न योजना र गतिविधिका बारेमा यो मोबाइल एप्‍सका माध्‍यमबाट जानकारी हासिल गर्न सक्‍नेछन्।

मोबाइल एप्‍स गुगल प्‍ले स्टोर,  गुगल प्‍ले सर्भिस र एप्‍पल स्टोरबाट समेत डाउनलोड गर्न सकिनेछ। 

Published on: 3 December 2014 | Annapurna Post

Back to list

;