s

विदेशबाट फर्किएकाले १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने

Year of Publication: 23 September 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगरीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। अर्थ मन्त्रालयले ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ।

आजदेखि लागू भएको यो कार्यविधिले कम्तिमा ६ महिना विदेशमा काम गरेर फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले सिकेको सीपअनुसारको व्यवसाय गर्न चाहेमा परियोजना धितोमा राखेर ऋण पाउने छन्।

नेपाल राष्ट्र बैंकबाट अनुमित प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा त्यस्तो ऋणको लागि आवेदन दिन सक्ने छन्। यरी ऋण लिंदा भिसा, पासपोर्ट, फर्किएको देशको कागज, सिकेको सीप, अनुभवको प्रमापत्र र विदेशी नागरिक नभएको घेषणा गर्नुपर्ने छ।

यसरी लिएको ऋणको ब्याजदर बैंकले तोकेको आधार ब्याजदरभन्दा २ प्रतिशतमात्र बढी हुने छ। जसमा ५ प्रतिशत सरकारले तिरिदिने छ। यस्तो कर्जाको अवधि ५ वर्षको हुने छ।

Published On: 23 September 2018 | Setopati

Back to list

;