s

बन्यो मलेसियाको लागि स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको मापदण्ड

Year of Publication: 28 March 2019 । Setopati

Publication Type: NEWS

Published by: CESLAM

रोजगारीको लागि मलेसियाको बन्द भएको १० महिनापछि स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको मापदण्ड तोकिएको छ। मलेसिया सरकारले बनाएको मापदण्ड भित्र पर्ने शिक्षण संस्थाले स्वास्थ्य परिक्षण गर्ने अनुमति पाउन सक्नेछन्।

मलेसिया रोजगारमा जाँदा स्वास्थ्य परिक्षण गर्ने संस्थाले पालना गर्नुपर्ने स्वास्थ्य परिक्षण सम्बन्धी प्रकृया यस्ता संस्थाहरुको छनौट भैसकेपछि त्यो संस्थालाई उपलब्ध गराइने छ।

नयाँका लागि ३ महिनाभित्रै मलेसिया जान खुल्ला गर्नेगरी सरकारको तयारी छ। यसका लागि स्वास्थ्य परीक्षण संस्थाहरु सूचीकृत गर्ने प्रक्रिया अघि बढेको हो। स्वास्थ्य परीक्षणको जिम्मा दिनका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो। मलेसियाबाटै टोली आई मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु छनौट तथा सूचीकृत गरिने मन्त्रालयले जनाएको छ।

Published on: 28 March 2019 । Setopati

Back to list

;