s

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

Year of Publication: 6 February 2023 | Nagarik

Published by: CESLAM

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

Published on: 6 February 2023 | Nagarik

Link

Back to list

;