s

बगान छोडे चिया मजदुरले: माग पूरा नभए नफर्किने चेतावनी

Year of Publication: 31 March 2019 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

राधा खनाल

आइतबारदेखि देशभरका चिया मजदुरले अनिश्चितकालसम्मका लागि काम ठप्प बनाएर चरणबद्ध आन्दोलन सुरु गरेका छन्।आफ्ना माग पूरा नभएसम्म काममा नफर्किने चेतावनी समेत दिएका छन्।आजबाट उनीहरुले सदरमुकाममा विरोधसहितको कोणसभा गरेर आन्दोलन सुरु गरेका हुन्।

आज झापाको सदरमुकाम चन्द्रगढीमा ३ हजारको संख्यामा आएका मजदुरले 'सरकारले ९ महिनाअघि बोलेका कुरालाई तुरुन्त लागु गर्नुपर्ने' माग गरेका छन्। सरकारले नै श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले ९ महिनासम्म पनि पाउन नसक्नु लज्जास्पद भएको जिफन्टका प्रदेश उपाध्यक्ष सन्तकुमार राईले बताए।

सरकारले तोकेअनुसार श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्नेमा सरकारले चिया व्यवसायीको कुरा सुनेर उक्त ज्याला दर लागु गर्न नसकेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले सरकारको ध्यानाकर्षण गराएका छन्।

Published on: 31 March 2019 | Annapurna Post

Back to list

;