s
Year of Publication: 14 February 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने मकवानपुर निबुवाटार–४ घर भई ललितपुर महानगरपालिका–२, सानेपा बस्ने ३७ वर्षीया पुरुषोत्तम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।उनले रीता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति आठ लाख लाग्ने र जापानमा मासिक दुई लाख ५० हजार तलब हुने आश्वासन दिँदै ठगी गरेका थिए ।
पीडितहरूबाट पटक–पटक गरी ३५ लाख ५० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । सोही आधारमा पीडितहरूले उनलाई खोजी गर्न वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
विभागको आग्रहमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजबिन गर्दा उनलाई आइतबार काठमाडौं महानगरपालिका–३१, बिजुली बजारबाट पक्राउ गरिएको हो । कार्यालयका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
Published on: 14 February 2024 | Gorkhapatra
GET IN TOUCH