s

विदेश पठाउने नाममा एक करोड ँठगी’

Year of Publication: 7 April 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारका लागि क्यानडा, तान्जिनिया र साइप्रस पठाउने भन्दै वल्र्ड इमिगे्रसन कन्सल्टेन्सीले एक करोड रुपैयाँ ठगी गरेको छ ।

अवैध काम गर्ने कन्सल्टेन्सी सञ्चालक काभ्रेका गुणराज लामालाई वैदेशिकरोजगार विभागले बिहीबार पक्राउ गरी अनुसन्धान थालेको छ । विभागलेकन्सल्टेन्सीमा छापा मारी २० थान राहदानी बरामद गरेको छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार पीडितले उजुरी दिएपछिउक्त कन्सल्टेन्सीले अवैध काम गरिरहेको रहस्य खुलेको हो । वल्र्डले क्यानडालैजाने भनी २० युवालाई तान्जानिया पुर्‍याएको थियो । त्यहाँबाट क्यानडापठाउन नसकेपछि पीडित युवा स्वदेश फर्केका थिए ।

यसैबीच विभागले इजाजत नलिई म्यानपावर सञ्चालन गर्ने सुजित तकाली रचन्द्रलाल पुरीलाई पक्राउ गरेको छ । उनीहरूले मलेसिया लैजाने भनी ५ लाख ५०हजार रुपैयाँ ठगी गरेका थिए ।

यसैगरी, भक्तपुरका राजेश डंगोल र इन्द्रबहादुर थापा छेत्री १४ जनालाईमलेसिया पठाउने भन्दै ३४ लाख ठगी गरी फरार भएका छन् । ढंगोल र छेत्रीलेमलेसियाको पानी जहाज कम्पनीमा लाख रुपैयाँ तलब पाउने भन्दै नक्कली करारपत्रदेखाई एकदेखि चार लाख पचास हजार रुपैयाँ असुलेका थिए ।

उनीहरूले केदार कँडेल, थमन कँडेल, केदारनाथ कँडेल, तिलकबहादुर कँडेल, हर्कबहादुर थापा, भक्तबहादुर खत्री, कबबहादुर पाण्डे, ओमबहादुर थापा, कुलबहादुर दर्जी, कृष्णप्रसाद कँडेल, रमेश पौडेल, प्रेमप्रसाद सापकोटा रमदन भण्डारीलाई ठगी गरेका हुन् ।

म्यानपावरलाई थप एक लाख जरिवाना वैदेशिक रोजगार विभागले कामदार ठग्नेम्यानपावर कम्पनीलाई क्षतिपूर्ति भराई थप एक लाख रुपैयाँ जरिवाना तोक्नथालेको छ । विभागले त्यसरी बढी रकम लिने राप्ती र मेची-महाकाली म्यानपावरकम्पनीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ । विभागले दुवै म्यानपावरलाईनिलम्बन गरी उनीहरूको धरौटी काटेर कामदारले तिरेको पैसा फिर्ता दिलाएको छ ।विभागले संयुक्त अरब इमिरेट्स पठाउने भनेर पूर्वश्रम स्वीकृति लिई नक्कलीकागजात खडा गरी कुबेत पठाउने एमबिके म्यानपावर र पूर्वश्रम स्वीकृति नलिई१५ जनालाई पठाउन खोज्ने वी डन ओभरसिजको कामकारबाही स्थगन गरेको छ । वी डनकासञ्चालकले भने आफ्नो म्यानपावरको नाममा अरूले काम गरेकोबताएका छन् ।

Published on: 7 April 2012 | Kantipur

Back to list

;